February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल आज अस्ट्रेलियासँग भिड्दै

June 11, 2021
File photo.

काठमाडौं / नेपालको छनौट चरणको अन्तिम खेल अष्टे«लियासँग हुँदैछ । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेल नेपालले आज शुक्रबार अस्ट्रेलियासँग भिड्दै छन् ।
नेपाली समय अनुसार खेल राति पौने १० बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा नेपालले राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनका अनुसार अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन सक्ने सम्भावना रहेको छ ।
नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
समूह बी मा रहेको अस्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अंक जोडेको छ ।

- ADVERTISEMENT -