June 14, 2024

मनहरी-६ का १२० परिवारलाई राहत

June 11, 2021

मनहरी / मनहरी गाउँपालिका वडा नं. ६ का १२० घर परिवारका लागि राहत वितरण गरिएको छ । एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसनले वडा नं. ६ को डिपार्ट तथा सुनाचुरीका विपन्न परिवारलाई राहत वितरण गरेको हो । कोरोना भाइरसका कारण भएको लामो निशेधाज्ञामा काम नपाएर खानासमेत समस्या पर्न थालेपछि राहतका लागि पहल गरिएको स्थानीय युवा हरि लोप्चनले जानकारी दिए ।
शुक्रबार डिपार्टको जनजागृति बिद्यालयमा ४० परिवारका लागि र सुनाचुरीको राष्टिय मावि मा ८० परिवारका लागि राहत वितरण गरिएको हो । प्रतिपरिवार एक बोरा चामल, २ केजी दाल, तेल, नुन साबुन लगायत सामग्री दिइएको फाउन्डेसनका कार्यक्रम ब्यवस्थापक बुद्ध लामाले जानकारी दिनुभयो । उहाँले साँच्चै खानाकै लागि समस्य परेको परिवारलाई राहतको ब्यवस्था गरिएको बताउनुभयो । फाउन्डेसनले यसअघि राक्सिराङ गाउँपालिका वडा नं. ९ मा समेत ३ सय परिवारका लागि राहत वितरण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -