January 15, 2025
- ADVERTISEMENT -

नेपाल अस्ट्रेलियासँग पराजित, सामाजिक संजालमा नेपालको प्रशंसा

June 12, 2021

चितवन / कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । फष्ट हाफमै नेपालका एक खेलाडीले रातो कार्ड पाएपछि १० खेलाडीमै सीमित भएका थिए ।
पाँच पटक विश्वकप खेलिसकेका अस्ट्रेलियालाई भने यो जित कुनै नौलो होइन । यसअघि पनि अस्ट्रेलियाले नेपाललाई पाँच गोल अन्तरले हराएको थियो । नेपालले जित्नेभन्दा पनि सिक्ने मौका भएको जानकारहरु बताउँछन् भने विभिन्न सामाजिक संजालहरुमा नेपालको खेल प्रशंसनीय रहेको बताएका छन् ।
विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट प्रतियोगितामा शुक्रबार राति नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको हो । यो हारसँगै नेपालले अब एसियन कपमा छनोट हुनका लागि प्ले–अफ खेल्नुपर्नेछ ।
अस्ट्रेलियाका लागि म्याथिउ लेकी, फ्रान कारासिच र मर्टिन बोएलले गोल गरेका थिए । लेकीले खेलको छैटौं मिनेटमै गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।
त्यसपछि ३८औं मिनेटमा कारासिचले गोल थपेका थिए । दोस्रो हाफमा बोएलले तेस्रो गोल थप्दै जित दिलाएका थिए । नेपालका रोहित चन्दले रातो कार्ड पाए । पहिलो हाफ सकिँनै लाग्दा रोहित बाहिरएपछि नेपाली टोली १० खेलाडीमै सिमित रहेको थियो ।
समूह ‘बी’को शीर्षस्थानमा रहेको अस्ट्रेलिया विश्वकपको तेस्रो चरणको लागि छनोट भएको छ । नेपाल भने यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ ।
एसियन कपका लागि भने नेपालको सम्भावना जिवितै छ। अब नेपालले प्ले–अफ खेल्नुपर्नेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -