२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

सिद्धि विनायकद्वारा ‘सिद्धि छात्रावास’लाई खाद्यान्न सामग्री (भिडियोसहित)

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते

चितवन / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले कालिका नगरपालिका वडा नं. १० सिद्धिको चेपाङ वस्तीमा अवस्थित ‘सिद्धि छात्रावास’लाई राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ । संस्थाको १४औ स्थापना दिवसको अवसर पारेर ‘सिद्धि छात्रावास’लाई खाद्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
उनले संस्थाले वर्षेनी गर्दै आएको कार्यक्रम अन्तर्गत सामाजिक उत्तर दायित्व वहन गर्दै सिद्धि छात्रावासलाई राहत वितरण गरिएको बताए । कोभिड–१९ को विषम परिस्थितिले यस छात्रावासमा दैनिक गुजाराका खाद्यान्न सामग्रीको अभाव भएको सामाजिक संजालका सूचनाको आधारमा सहयोग गरिएको उनको भनाइ थियो ।

उक्त राहत सामग्री अध्यक्ष धितालले छात्रावासका संरक्षक तथा अभिभावक भरत चेपाङलाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री स्वरुप चामल १० बोरा, दाल १० केजी, चिउरा ५ केजी, तेल ५ लि., नून ५ केजी, चाउचाउ १ कार्टुन, मूला १ बोरा, आलु १ बोरा, प्याज १ बोरा, केरा १ बोरा, विस्कुट तथा साबुनहरु दिइएको थियो ।
सिद्धि छात्रावासका संरक्षक चेपाङले सिद्धि विनायक संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । संस्थाको सो राहत सामग्रीको सहयोगले छात्रावासलाई ठूलो सहयोग पुगेको बताए । छात्रावासलाई यस्तै अझै धेरै सहयोगको आवश्यकता रहेकोले मनकारी सहयोगी दाताहरुलाई सहयोगको लागि उनले सबैलाई अपिल गरे ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, उपाध्यक्ष मदनप्रसाद सापकोटा, कोषाध्यक्ष जयराम पाण्डे, सदस्यहरु मानबहादुर पाण्डे, रामप्रसाद घिमिरे, शम्भु अधिकारी, इन्दिरा कार्की, संगीता गौतम, चन्डिका धिताल, व्यवस्थापक विकास पौडेल, कालिका वडा नं. ९ का वडा सदस्य वकिल पुरी लगायतको उपस्थिति थियो ।
उक्त छात्रावासमा ३० जना चेपाङ बालबालिका आश्रित छन् ।
कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले संचालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -