January 15, 2025
- ADVERTISEMENT -

‘प्राकृतिक विपत्तिबाट जोगिनु र सचेत रहनु’ – प्रशासन

June 13, 2021

चितवन / जिल्ला प्रशासन कार्यलय चितवनले आम नागरिकलाई प्राकृतिक विपत्तिबाट जोगिन र सचेत रहन आग्रह गरेको छ । प्रशासनले आइतबार एक सूचना जारी गर्दै मनसुनको कारण विभिन्न स्थानमा हुन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन र सचेत रहन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, – ‘मनसुन सुरु हुन लागेको र नदि तथा खोला नालाको वाहव बढ्न सक्ने, बाढी, पहिरो, डुवान हुन सक्ने भएकाले उच्च जोखिममा रहेका बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई सर्तकता अपनाउनु अनुरोध छ ।’
‘बाढी आएको बेला नदि नालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्नु हुन समेत आग्रह छ’ – सूचनामा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -