२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

महामारी सामान्य हुने बित्तीकै रेल सञ्चालनमा आउने

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते
- ADVERTISEMENT -

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताएका छन् । सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनले स्पष्ट मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारी सामान्य हुनेबित्तिकै रेल सेवा सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल रेल्वे कम्पनीलाई निर्देशनसमेत दिए । उनले भने, “सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।”
रेलमार्ग निर्माणका क्रममा विभिन्न स्थानमा देखिएका जग्गा मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी समाधान खोज्न रेल विभागलाई निर्देशन दिँदै उनले रेल सञ्चालन हुन लागेको स्थानसम्म पहुँच सडकको निर्माण अघि बढाउनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

- ADVERTISEMENT -