नवलपुर / नवलपुरमा जुवा खेल्ने ८ जना ४ लाख नगदसहित पक्राउ परेका छन् । निशेधाज्ञाको मौका छोपी नवलपुरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता दिलिपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. २ का वर्ष २८ का सागर कुँवर, वर्ष २६ का हुस्ना मुबारक मिया, वर्ष ३६ का गोविन्द त्रिपाठी, वर्ष ४१ का रामजी पाण्डे, वर्ष ३५ का उज्वल मल्ल रहेका छन् । यसैगरी बर्दघाट नगरपालिका वडा नं. १५ का वर्ष २९ का लालबहादुर तामाङ, मध्यविन्दु नगरपािलका वडा नं. ३ का वर्ष २६ का नारायण खनाल रहेका छन् ।
प्रहरीले सोती नगरपालिका वडा नं. २ लोकतन्त्र चोक स्थित रामजी पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई ४ लाख ३२ हजार ६९५ नगदसहित नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्र्तगत अनुसन्धान कारवाही अघि बढाइएको प्रहरीले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

निषेधाज्ञामा जुवा : ४ लाख बढी नगदसहित ८ जुवाडे पक्राउ
June 14, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
