February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप ९२ संक्रमित, चाप घट्यो ५० प्रतिशत

June 14, 2021

चितवन / पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय चितवनले जनाएको छ । आज सोमबार कोरोना पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकामा ६९ जना, खैरहनीमा ६ जना, माडीमा ४ जना, रत्ननगरमा ३ जना, राप्तीमा ८ जना र कालिकामा २ जना रहेका छन् ।
केही दिन यता चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप घट्दै गएको छ । जेठको पहिलो हप्तासम्म चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप झण्डै ६०० जनाको हाराहारीमा पुगेको थियो तर यो संख्या घटेर २८६ मा झरेको छ ।
जसमध्ये आईसीयूमा १०७ जना, भेन्टिलेटरमा ३७ जना, एचडीयूमा ३७ जना र जेनरल बेडमा १४३ जनाको उपचार भइरहेको छ । यसैगरी बिगत २४ घण्टामा २७ जना बिरामी डिस्चार्ज भएका छन् । वैशाखको अन्त्य र जेठको पहिलो हप्तामा बिरामीको संख्या आईसीयूमा २०० बढी पुगेको थियो ।
यस्तैगरी दुई जना कोरोना संक्रमितको निधन भएको छ । मृतक मध्ये दुई जना नै बाहिर जिल्लाका हुन् । उनीहरु मध्ये एक जनाको भरतपुर अस्पताल र अर्काे एक जनाको चितवन मेडिकल कलेजमा निधन भएको हो । योसँगै चितवनमा २४४ जना संक्रमितको निधन भइसकेको छ । अहिले चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ५४२ जना रहेको छ ।

- ADVERTISEMENT -