२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

भरतपुरमा असार १ गतेदेखि प्राधिकरणको बन्द सेवा सुचारु

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते
- ADVERTISEMENT -

भरतपुर / कोरोना (कोभिड–१९) को दोस्रो लहरका कारण बन्द भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सेवा सुरु हुने भएको छ । बन्द सेवा भोलि असार १ गतेदेखि विद्युत मिटर जडान र रिडिङ सुरु गरिने प्राधिकरणका प्रमुख ई.राजिव कुमार सिंहले जानकारी दिए ।
उनका अनुसार सुरक्षा सावधानिका साथ नयाँ ग्राहकका लागि मिटरको राजश्व दाखिला भएको ७ दिनभित्र मिटर जडान गरिनेछ । उनले औधोगिक फिडरहरुमा बढिमा १५ दिनभित्र काम सम्पन्न गरिने बताए ।
प्राधिकरणले राजश्व लिनका लागि महानगर भित्रका वडा विभाजन गरेको छ । जसअन्तर्गत आइतबार वडा नं. १, २ र ३ सोमबार वडा नं.४, ५ र ७ मंगलबार, वडा नं.८, ९ र १०, बुधबार वडा नं.११, १२ र २९, विहिबार वडा नं. १३, १४, १५ र १६ को केही भाग फ्यिुज सेवा, त्यस्तै शुक्रबार वडा नं.६,२२ र १६ को केही भाग र गीतानगर फ्युज सेवा अन्तर्गत काम हुनेछ ।

- ADVERTISEMENT -