June 14, 2024

मकवानपुरमा १५८ जना कोरोना संक्रमणमुक्त

June 14, 2021

मकवानपुर / मकवानपुरमा सोमबार १५८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, जिल्लामा सोमबार विभिन्न मितिमा कोरोना संक्रमण भई होम आइसोलेशन र संस्थागत आइसोलेशमा रहेका १५८ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ सोमबार ८६ जना कोरोना संक्रमणमुक्त भएका हुन् । त्यस्तै, संक्रमणमुक्त हुनेहरुमा थाहानगरपालिकाका २४ जना, मनहरी गाउँपालिकाका २६ जना, बकैया गाउँपालिकाका ११ जना, कैलाश गाउँपालिकाका ४ जना, मकवानपुरगढी र बागमती गाउँपालिकाका ३÷३ जना र भीमफेदी गाउँपालिकाका एक जना रहेका छन् ।
यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४ सय ५२ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, जिल्लामा सोमबार ७५ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -