२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

बेवारिस अवस्थामा १५० क्यू फिट सालको काठ फेला

प्रकाशित मिति : २०७८ असार १ गते
- ADVERTISEMENT -

चितवन / हेटौंडामा टिपर सहित वेवारिसे अवस्थामा १५० दशमलब ३ क्युफिट सालको काठ फेला परेको छ । आईतबार सांँझ ०६ः०० बजे बा ३ ख ६९५१ नम्बरको टिपरमा सालको काठ लोड गरी त्रिपालले छोपी लुकाई छिपाई गरी बेवारिसे अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्ला मकवानपुर बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बजार स्थित सडकमा अवस्थामा उक्त परिमाणको काठ फेला परेको हो ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटि गएको प्रहरी टोलीले झुरझुरे बजार स्थित धरान चतरा बाटोको छेउमा उक्त नम्बरको टिपरमा त्रिपालले छोपी लुकाई छिपाई राखेको तयारी अवस्थामा सालको चौकस, झ्याल, ढोकामा खाँच काटेको, चिरान र फेण्टा बरामद गरेको हो । वेवारिसे अवस्थामा रहेको ट्रिपरको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -