काठमाडौं / विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ ।
सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने, ‘मूल्यांकन गर्न बाँकी रहेका एसईईसहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको छ ।’
कोभिड–१९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचारप्रसार गरी असार १ गतेदेखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । सोही कार्यतालिका अनुसार, स्थानीय सरकारले महिनाभर भर्ना संचालन गर्न लागेको हो ।
देशभर आजबाट नयाँ शैक्षिक सत्र शुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
