गोरखा / गोरखाको ठोटनेरी खोलाले बगाएर आज बिहान १ जना बेपत्ता भएका छन् । साथीहरु संगै ठाडो खोला तर्ने क्रममा बर्दिया घर भएका ३८ बर्षका गोबिन्द चौधरी बेपत्ता भएका हुन् ।
जिल्लाको विभिन्न स्थानमा सवारी साधन मर्मत गर्दै हिड्ने गरेका चौधरी सहितका अन्य ३ जनाले आरुघाट गाउँपालिका २ को ढोडेनीमा रहेको ठोटनेरी खोला तर्ने क्रममा मंगलबार बिहान ७ः३० बजे चौधरीलाई बगाएको थियो ।
बेपत्ता चौधरी सहित अन्य साथीहरु आरुघाट तर्फ जाने क्रममा ठाडो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
प्रनाउ दाहालका अनुसार बेपत्ता चौधरीको खोजीमा मान्बु र ठाटी पोखरीका प्रहरीहरु बिहानै देखी नदी किनारमा परिचालन गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

खोलाले बगाएर १ जना बेपत्ता
June 15, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
