२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तामाङ चिकित्सक समाजलाई विदेशबाट ३ लाख बढी सहयोग

प्रकाशित मिति : २०७८ असार १ गते
Photo : Yambutimes
- ADVERTISEMENT -

याम्बु / तामाङ चिकित्सक समाजलाई विभिन्न मुलुकबाट ३ लाख २ हजार आर्थिक सहयोग प्राप्त भएको छ । संघीय तामाङ घेदुङ तथा अन्तर्राष्ट्रिय परिषदको समन्वयमा संकलन भएको सो रकम सोमबार तामाङ चिकित्सक समाजका अध्यक्ष डा दिलबहादुर थोकरलाई हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष डा थोकरले सो रकमबाट विभिन्न जिल्लाका कारोना प्रभावित घर परिवारलाई स्वास्थ्य सामग्री वितरण तथा उनीहरुको उपचारमा सहयोग गर्ने बताए । यसअघि पनि तामाङ चिकित्सक समाज र घेदुङबीचको सहकार्यमा कोरोनाबाट प्रभावित घर परिवारलाई स्वास्थ्य सामग्रीको साथै अति आवश्यकीय सामान वितरण गरिदै आएको छ ।
डा थोकरका अनुसार समाजले स्वास्थ्य परीक्षण, होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन टेस्टिङ साथै स्वास्थ्य सामग्रीहरू वितरण अभियान संचालन गर्दै आएको बताए ।
यस अभियानका लागि तामाङ समाज जापानले १ लाख ५ हजार दुई सय, तामाङ घेदुङ दक्षिण कोरियाले ८१ हजार ९२१, तामाङ घेदुङ कतारबाट ३० हजार, तामाङ घेदुङ साईप्रसबाट २५ हजार, तामाङ घेदुङ बहराईनले २० हजार, तामाङ घेदुङ मलेिसयाले १५ हजार, तामाङ समाज युएईबाट १० हजार, युएई महेश मोक्तानले १० हजार, जापान सरोज थिंङले ५ हजार गरी जम्मा ३ लाख २ हजार १२१ रकम सहयोग गरेको हो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, प्रवास विभाग प्रमुख तथा आइटिसिका वरिष्ठ उपाध्यक्ष टासी लामा, कोषाध्यक्ष रुप योन्जन, तामाङ समाज जापानको पुर्व उपाध्यक्ष सरोज थिङ, तामाङ चिकित्सक समाजका सचिव डा. दिपेन लामा, सदस्य सन्जित तामाङको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -