हेटौंडा / बागमती प्रदेश सरकारको स्वामित्वमा रहने गरी सञ्चालन गर्ने आमसञ्चारका लागि १० करोड रकम बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको स्वामित्वमा रही सञ्चालन हुने आमसञ्चारलाई १० करोड रकम बिनियोजन गरेको जनकारी दिएका हुन् ।
चालु आर्थिक वर्षमा पनि प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने प्रयास गरेको भएपनि विविध कारणले त्यो योजना सफल हुन सकेको थिएन ।
एक विद्यालय एक नर्स कार्यक्रमलाई २६ करोड
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम बिनियोजन गरेका छन् । एक विद्यालय एक नर्स कार्यक्रमलाई गत वर्ष पनि सरकारले संचालन गरेको थियो । स्थानीयस्तरमा यो कार्यक्रम निकै प्रभावकारी कार्यक्रमको रुपमा लिइएको छ ।
त्यसैगरी सरकारले बजेट मार्फत् मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड बिनियोजन गरेका छन् । चालु आर्थिक वर्षमा पनि संचालनमा रहेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम भने प्रभावहीन देखिएको कार्यक्रम हो ।
यो कार्यक्रम अहिलेकै अवस्थामा लागू गर्न नसकिने भन्दै सरोकारवाला निकायले पनि यसमा पुनरावलोकन हुने बताएको थियो । तर, मन्त्री ढुंगेलले यो कार्यक्रमलाई पनि आगामी आर्थिक वर्ष निरन्तरता दिने घोषणा गरेका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बागमति प्रदेश बजेट : मिडियालाई १०, विद्यालयलाई २६ करोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













