February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुग्ध किसानलाई १६ करोड, अस्पताल तथा शौचालयको लागि बजेट

June 15, 2021

हेटौंडा / बागमती प्रदेश सरकारले आजको बजेट भाषण मार्फत् दुग्ध किसानका लागि अनुदान स्वरुप १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दुध किसानको खातामा सोझै रकम जम्मा हुने चालु आर्थिक वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै सोही प्रयोजनका लागि १६ करोड बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् ।
यस्तै दोलखा जिल्लाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पतालको नाममा नामाकरण गर्ने घोषणा गरेको छ । त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
त्यस्तै हेटौँडामा सार्वजनिक शौचालय निर्माणको लागि बजेट विनियोजन छ । सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए । आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।

- ADVERTISEMENT -