चितवन / विगत केही दिनदेखि देशैभर भिषण वर्षा भएको छ । वर्षाले देशभरका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । दर्जनौ मानिस बेपत्ता भएका छन् भने एक दर्जन बढी घरहरु बगाएका छन् ।
खतरा अझै पनि टरी नसकेकोले स्थानीय निकायहरु बारम्बार सजगता अपनाउन सूचना गर्दै आएको छ । विशेषगरी तटीय क्षेत्रमा बसोबास गर्नेहरुमा बाढीको जोखिम बढी हुने भएकोले सुरक्षाको लागि विभिन्न निकाय, राजनीतिक दलहरुले सक्रिय रहन निर्देशन दिएका छन् ।
आज पनि दिनभर देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाले राति पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
चितवनसहित देशका अधिकांश स्थानमा आज पनि भारी वर्षा हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
