चितवन / चितवनमा जारी निषेधाज्ञा १ हप्ता थपिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा अझै रहेको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा असार १० गते राति १२ बजेसम्म जारी रहने उल्लेख गरिएको छ ।
यसअघि पछिल्लो समय असार ३ गते राति १२ बजेसम्मका निषेधाज्ञा थप गरिएको थियो भने बैशाख १६ गते पहिलो पटक चितवनमा निषेधाज्ञा सुरु भएको थियो ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि असार ३ गते सकिदैँ छ भने आज बसेको जिल्ला प्रशासन कार्यालय चितवनको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
चितवनमा पुनः एक हप्ता निषेधाज्ञा थप (के पाइने, के नपाइने सूचीसहित)

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
