April 29, 2025

नेपालमा थप २६०७ संक्रमित, २१४१ संक्रमणमुक्त

June 17, 2021
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा २६०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७६८ र एन्टिजेन विधिबाट ८३९ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १५ हजार ९८४ र एन्टिजेनबाट २४ हजार ५६ जना पुगेको छ । यस्तै, आज थप २ हजार १४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।
निको हुनेको दर ८८.६ प्रतिशत छ । आज संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

- ADVERTISEMENT -