February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रीमानले नै श्रीमतीको हत्या गरेपछि …

June 17, 2021

दाङ / दाङको घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरि ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन् ।
घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
प्रहरीका अनुसार, घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरि सख्त घाइते बताएका थिए । घाइते उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो मृत्यु भएको हो ।
प्रहरीले बन्चरो प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -