February 6, 2025
- ADVERTISEMENT -

फरार प्रतिवादी सांँढे पांँच महिनापछि पक्राउ

June 18, 2021

चितवन / ज्यान मार्ने उद्योगको मुद्धा लागेका फरार प्रतिवादी सांँढे पांँच महिनापछि पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ लालचोक बस्ने बर्ष ३५ को सन्तोष भन्ने सन्तलाल तामाङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७७ पुष १६ गते अपरान्ह ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर १६ भँगेरीथान बस्ने बर्ष ३९ को दुर्गा कुमाललाई सोही स्थानको बाटोमा हिडिरहेको अबस्थामा चक्कुले टाउकोमा प्रहार गरी घाईते बनाई तामाङ्ग फरार रहेका थिए ।
बुधबार बेलुका सांँझ सात बजे उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -