January 12, 2025
- ADVERTISEMENT -

मनै त हो ! मञ्जुश्रीलाई नायक ढुगाना टोलीको खाद्यान सहयोग

June 18, 2021

भरतपुर / मञ्जुश्री असहाय संरक्षण केन्द्र भरतपुर–११ लाई खाद्यान्न सहयोग प्राप्त भएको छ । नायक रमित ढुगानाको टोलीले काठमाडौंदेखि चितवनसम्म आएर खाद्यान्न सहयोग गरेको मञ्जुश्री असहाय संरक्षण केन्द्रका संरक्षक मञ्जु खाँडले जानकारी दिए ।
संरक्षक खाँडका अनुसार उक्त टोलीले १५ बोरा चामल, १० केजी दाल, १ कार्टुन तेल, १ कार्टुन बिस्कुट, १ कार्टुन चाउचाउ, आधा बोरा नूनलगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।
नायक ढुंगानाले निषेधाज्ञाको समयमा अनाथ बालबालिकाको लागि थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि बालबालिकाहरुको सहयोग गर्ने उनले भने ।
केन्द्रकी संरक्षणक अध्यक्ष खाँडले अहिलेको विषम परिस्थितिमा टाढादेखि आउनु भएर सहयोग गर्नुभएकोमा टोलीलाई धन्यवाद तथा आभार व्यक्त गरिन् । नियमित आम्दानी नभएपनि स्थापनाकालदेखि अहिलेसम्म संस्था सहयोगी दाताहरुबाट सञ्चालन भएको उनले जानकारी गराइन् ।
भरतपुर–११ मा मञ्जुश्री असहाय संरक्षण केन्द्रको आफ्नै भवन रहेको छ भने हाल २२ जना अनाथ बालबालिकाहरुले आश्रय लिइरहेका छन् । केन्द्रले हालसम्म करिब साढे दुई सय जनालाई पुनर्मिलन गराउन सफल भएको उनको भनाइ छ ।
कार्यक्रममा टोलीका तर्फबाट अभिनेता जयकृष्ण बस्नेत, व्यापारी जीवनकुमार पौडेल, दिपक खाँड लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -