April 22, 2025

चितवनमा जीप दुर्घटना, एसपीसहित ६ प्रहरी घाइते

June 19, 2021
- ADVERTISEMENT -

चितवन / नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत भरतपुर–२९, गाईघाटमा मालबाहक ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिएको छ । ठक्करबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहित ६ जना प्रहरी घाइते भएका छन् ।
चितवन प्रहरी प्रवक्ता सूर्य थापाका अनुसार नारायणगढ मुग्लिन सडक अन्तर्गत निर्माणाधिन पुल तथा सडकको अनुगमन गरी भरतपुर फर्कने क्रममा ना६ख ६०११ नम्बरको मालबाहक ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिएको हो ।
घाइते प्रहरी प्रमुख अधिकारीसहित सबै प्रहरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । उनीहरुको टाउको, हात, मुखमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ । मालबाहक ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -