२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

हेलम्बुमा बाढीले ढाल्यो प्रहरी चौकी

प्रकाशित मिति : २०७८ असार ५ गते
- ADVERTISEMENT -

काठमाडौं / हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ ।
भवनसँगै केही सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिए । ‘सुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो ।
शुक्रबार रातिको बाढीले भवन पनि ढले,’ अधिकारीले नेपाल प्रेससँग भने । केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ‘अहिले हामीले माथि एक जना स्थानीयको घरमा राखेका छौं,’ उनले भने ।
त्यसैगरी शुक्राबारको बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी नामक बोर्डिङ स्सकुलको भवन पनि ढलाएको स्थानीय हस्त पण्डितले जानकारी दिए । थप क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -