निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु

प्रकाशित मिति : २०७८ असार ५ गते
- ADVERTISEMENT -

चितवन / कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज (सिएमसि)ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको नेतृत्वमा सेवा शुरु गरिएको हो ।
वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शितल अधिकारी, डा. वसन्त गौली, मनोरोग विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा उपचार सेवा दिन थालिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा।डा। हरिश्चन्द्र न्यौपानेले कोभिड १९ को सङ्क्रमण निको भएर घर गएका र घरमै आइसोलेशन बसेर निको भएकाहरुमा पोष्टकोभिडको समस्या देखिएकाले यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई श्वास प्रश्वासको समस्या परेको थियो । अस्पतालमा आउने अधिकांशलाई सघन उपचार कक्ष र एचडियुमा राखेर उपचार गरिएको थियो । उहाँले भन्नुभयो, “अधिकांशलाई अक्सिजनको सहायताले उपचार गर्नु परेको थियो ।” श्वासप्रश्वाससँगै सक्रमितहरुमा ज्वरो आउने, शरीर दुःख्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिएका थिए । ती सङ्क्रमित निको भएपछि पोष्टकोभिडको समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बिरामीहरुको समस्यालाई उच्च मूल्याङ्कन गरेर चितवन मेडिकल कलेजले पोष्ट कोभिड उपचार तथा परामर्श सेवा सञ्चालन गरेको हो ।” पछिल्लो समयमा कोरोना सङ्क्रमित भई निको भएका बिरामीहरु कोभिड सङ्क्रमण मुक्त भएको लामो समयसम्म पनि, शारीरिक समस्या हुने, शरीर दुःख्ने ÷ पोल्ने, हात खुट्टा गल्ने, छाती दुख्ने, छिटो छिटो थकानको महशुस हुने जस्ता समस्या देखिने गरेको छ ।
त्यसैगरी निद्रा नलाग्ने, मानसिक रुपमा कमजोर हुने, उच्च रक्तचाप, हिड्दा बढी स्वाँस्वाँ हुने र सास फेर्दा असजिलो महशुस हुने जस्ता विभिन्न समस्याहरु देखा पर्ने गरेको प्रा.डा.न्यौपानेले जानकारी दिनुभयो । साधारणतया कोरोना सङ्क्रमित मध्ये करिब ३० प्रतिशतलाई केही न केही पोष्ट कोभिडका लक्षणहरु देखिने गरेको उहाँको भनाइ छ । तिनै बिरामीलाई लक्षित गरेर परीक्षण थाालिएको हो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48