June 13, 2024

पछिल्लो २४ घण्टामा भए ३६६० जना संक्रमणमुक्त, संक्रमित थप २४०१ जना

June 19, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -