February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आत्मघाती गोलले पोर्चुगल पराजित, जर्मनीले पायो मौका

June 20, 2021

एजेन्सी / म्युनिखमा भएको भएको युरो कप फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा जर्मनी विजयी भएको छ । जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पछि पार्दै विजयी भएको हो । पोर्चुगल साविक च्याम्पियन हुन् । आत्मघाती दुई गोल पोर्चुगलका कारण जर्मनीले सहज जित निकालेको हो ।
उक्त खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल संख्या एक सय १२ पुगेको छ । तर खेलको ३५औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफको ५१औं मिनेटमा जर्मनीका काइ हाभर्जले र ६०औं मिनेटमा रोविन गोसेन्सले गोल गरे । खेलको ६७औं मिनेटमा पोर्चुगलका डिएगो जोताले गोल गरे पनि जितका लागि पर्याप्त भएन र खेल ४–२ गोल अन्तरको नतिजामा सकियो ।
जर्मनी र पोर्चुगलको समान तीन अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेको छ । अन्तिम १६ मा प्रवेशका लागि यो समूहका सबै टोलीको सम्भावना कायमै रहेको स्पोर्टस् स्टारले जनाएको छ ।

- ADVERTISEMENT -