चितवन / नेपाल पत्रकार महासंघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनलाई ज्ञापनपत्र बुझाएको छ । वाग्मती प्रदेश सरकारले स्वयम् सञ्चारमाध्यम खोल्ने र निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमलाई बेवास्ता गर्ने गरी सुरु गरेको क्रियाकलापको विरोध गर्दै नेपाल पत्रकार महासंघ चितवनले आइतबार ज्ञापनपत्र बुझाएको हो ।
पत्रकार महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश सरकारले निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमको घाँटी निमोठ्ने काम भएको अध्यक्ष अधिकारीले बताए ।
महासंघले स्वतन्त्र प्रेस र नागरिकका आवाजलाई दबाउने मनसायले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुनेगरी आफैले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अन्य प्रदेश सरकारले सञ्चार जगतको संरक्षण, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनमा समेत बजेट विनियोजन गरेको उनले भने । बाग्मती प्रदेश सरकारले भने आफैले सञ्चार माध्यम सञ्चालन गर्नेगरी १० करोड रुपैयाँ विनियोजन गरेकोले यसबाट निजी तथा सामुदायिक सञ्चारगृह धराशायी हुने उनले बताए ।
जनताको सेवामा समर्पित हुनुपर्नेमा आफै सञ्चार गृह खोल्नतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको अध्यक्ष अधिकारीको भनाइ थियो ।
सञ्चार माध्यमको प्रवद्र्धन र सञ्चारकर्मीको हितमा बजेट ल्याउन माग गर्दै सञ्चार आफैले सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । वाग्मती प्रदेश सरकारले उक्त निर्णय फिर्ता नलिएमा महासंघ आन्दोलनमा उत्रन बाध्य हुने बताइएको छ ।
देशभर दर्ता भएर सञ्चालनमा आएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत सञ्चार माध्यम वाग्मती प्रदेशमा छने भने महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत सदस्य वाग्मती प्रदेशमै रहेका छन् ।
ज्ञापनपत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी लामिछानेले आफूले सो ज्ञापनपत्र तुरुन्तै मुख्यमन्त्री कार्यालयमा पठाउने बताए । महासंघ चितवनका अध्यक्ष अधिकारीसहित उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दीपेन्द्र अधिकारी, सहसचिव आनन्द पोखरेल र कोषाध्यक्ष राजेन्द्र आचार्यको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।
- ADVERTISEMENT -

सञ्चार माध्यम खोल्ने निर्णय फिर्ता लिन महासंघको ज्ञापनपत्र
June 20, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
