काठमाडौं / सार्वोच्च अदालतले पत्रकारलाई कोभिडविरुद्धको खोपको व्यवस्था गर्न भन्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्तासमेत रहेका पत्रकार लिलानाथ घिमिरे दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार चुडालको एकल इजलासले यस्तो आदेश दिएको हो । “
पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्येनजर गरी अग्रपङ्क्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीहरूको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ,” आदेशमा भनिएको छ, “आदेशको जानकारी विपक्षीहरूलाई नियमानुसार दिनू ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको रिटमा निवेदकका तर्फबाट निवेदकसमेत रहेका अधिवक्ता लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले बहस गरेका थिए । “यसमा के कसो भएको हो रु निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूका नाउँमा यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाई म्याद भित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्ने,” अन्तरिम आदेशमा भनिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गर्नु – सर्वोच्च

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














