२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

३५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण

प्रकाशित मिति : २०७८ असार ७ गते
- ADVERTISEMENT -

चितवन / नेपाली काँग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको देवघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । वरिष्ठ नेता पौडेलले अक्सिजन कन्सन्ट्रेटर, पि.पि.ई, माक्स र सेनेटाइजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
उनले जिल्लाका १० वटै स्थानीय तहलाई १/१ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा फेस माक्स, पिपीई डिस्पोजल र ह्यान्ड सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो । यस्तै उनले लमजुङको मध्यनेपाल नगरपालिकालाई पनि अक्सिजन कन्सन्ट्रेटर सहितका सामग्री दिएका छन् ।
यस्तै, जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेचौतारा, दमौली अस्पताल दमौली, पुरनडिही अस्पताल भानु, बन्दीपुर अस्पताल बन्दीपुर र नेपाल पत्रकार महासंघ तनहुँलाई फेस माक्स, एन ९५ मास्क, ग्लोब्स, पिपीई, सेनिटाईजर लगायतका सामाग्री उपलब्ध गराएका छन् ।
दातृ संस्थासँगको समन्वयमा करिब ३५ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको नेपाली काँग्रेस पार्टी देवघाटका प्रेम बहादुर गुरुङले जानकारी दिए ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई धन्यवाद व्यक्त गरेका थिए भने अहिलेको विषम परिस्थितिमा यो पार्टी, त्यो पार्टी भन्दा पनि सबै मिली सामना गर्नुपर्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगर, देवघाट गाउँपालिका प्रशासकीय अधिकृत नरहरि सापकोटा, समाजसेवी पूर्णबहादुर कुवर, देवघाट गाउँपालिका प्रशासन साखा प्रमुख गोविन्दप्रसाद पौडेल, देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -