एजेन्सी / इटालीले शतप्रतिशत जित निकाल्दै समूह ‘ए’ को विजेता भएको छ । युरो कप अन्तर्गत आइतबार राति भएको खेलमा इटालीले वेल्स माथि १–० को सहज जीत निकालेपछि समूह ‘ए’को विजेता भएको हो । योसँगै इटाली खेलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरणका तिनै खेलमा जित निकालेको इटालीले ७ गोल गर्दा एक गोल पनि खाएन । युरो कपको समूह चरणमा बिना कुनै गोल व्यहोर्दै तीनै खेल जित्ने इटाली पहिलो टोली बनेको छ ।
इटाली पहिलो खेलमा टर्की र दोस्रो खेलमा स्विट्जरल्यान्डमाथि समान ३–० को जित दर्ता गरेको थियो ।
इटालीले वेल्सँगको जितसँगै अपराजित यात्रा ३० खेलसम्म पु¥याउँदै आफ्नो पुरानो रेकर्डसँग पनि बराबर गरेको छ । इटाली भिटोरियो पोजोको प्रशिक्षणमा सन् १९३५–१९३९ को बीचमा ३० खेलसम्म अपराजित रहेको थियो ।
रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बरमा पोर्चुगलसँग १–० को पराजय बेहोरेको थियो । त्यस यताका ३० खेलमा उसले २५ जित र ५ बराबरीको नतिजा निकालेको छ ।
उसले सन् २०१९ को अक्टोबरमा नेदरल्यान्डसँग १–१ को बराबरी खेले यताका ११ खेलमा ३० गोल गर्दा एक गोल पनि गोल खाएको छैन ।
इटालीले नक आउट चरणमा समूह ‘सी’को उप विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
- ADVERTISEMENT -

युरो कप : समूह चरणमा इटालीको सतप्रतिशत जीत
June 21, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
