चितवन / रत्ननगरको जनकौली सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । रत्ननगरनगरपालिका वडा नम्बर ५ अन्तर्गत सामुदायिक वनमा न्यूरो टिप्न गएकी महिलामाथि बाघको आक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारी रहेकी इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय उनलाई मध्यान्ह सांँढे बाह्र बजेतिर बाघले आक्रमण गरेको हो । तीन चार जनाको स्थानीय टोली मिलेर न्यूरो टिप्न गएको र घटना दुई बजे मात्र उनीसँगै गएका टोलीबाट थाहा भएको प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
‘हाल वनमा महिलाको कपडा, रगत देखिएकाले उनलाई आक्रमण गरी मारेको रानाले बताए । वनमा बाक्लो झाडी भएका कारण बाघलाई नियन्त्रणमा लिन सकिएको छैन भने महिलाको एकिन अबस्था पत्ता लागेको छैन ।
स्थानीयले प्रहरीलाई खबर गरेपनि सेनाको टोली धेरै समयपछि मात्र घटनास्थल आइपुगेको छ । निकुञ्जले उद्धारमा ढिलाई गरेको भन्दै स्थानीय आक्रोशित भएका छन। सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महत्तोले महिलाको टाउको, कपडा रगतको फोटो खिचेर ल्याएकोले हालसम्म महिला जीवित नभएको बताए ।
‘साथीहरुले मलाई महिलाको खप्पर कपडा, रगतकै फोटो देखाउनु भयो’, उनले भने । बाघले महिलालाई संँगै लिएर गएको स्थानीयले देखेको स्थानीयलाई उद्ध्रृत गर्दै महत्तोले भने ।
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
