January 24, 2025
- ADVERTISEMENT -

विपन्न खोज्दै राहत बाँड्दै रेखा, ४८ घर परिवारलाई राहत

June 21, 2021

चितवन / सामाजिक अभियन्ता रेखा लोप्चन तामाङ टिमद्वारा संचालित फेसबुक अभियानबाट संकलित रकमबाट पाँचौ चरणको राहत वितरण गरिएको छ । गोरखाको पालुङटार नगरपालिका वडा न. ६, ७ र १० अन्तर्गतका गाइखुर, च्याङ्ली मिर्कोट गाउँका विपन्न ४८ घरधुरी परिवारलाई आइतबार राहत वितरण गरिएको हो ।
विपन्न ४८ घरधुरीमा ९ घर अपांग, १८ घर एकल महिला र २१ घर अति विपन्न दलित, मुटु रोगी, मृगौला पीडित, आमाबुबा नभएका नाबालकलाई राहत वितरण गरिएको अभियन्ता रेखाले बताइन् । राहत स्वरुप १ बोरा चामल, ५केजी दाल, १ लि. तेल, १ पोका नुन, साबुन वितरण गरिएको हो ।


देश तथा विदेशबाट यो अभियानलाई सफल बनाउने आदरणीय सहयोगीमनहरु प्रति उनले आभार व्यक्त गरेकी छन् भने अभियानमा प्रत्यक्ष सहभागी भई सहयोग गर्नुहुने पालुङटार नगरपालिकाका युवाहरुलाई हार्दिक धन्यवाद व्यक्त गरिन् ।
स्थलगत अवलोकन गरेर वास्तविक पीडित छानविन गरेर राहत वितरण गर्ने गरेको उनले बताए । सके सहयोग गर्नुहोस्, नसके समर्थन गर्न सबैलाई उनले आह्वान गर्दै आएकी छिन् । समय परिस्थिति अझै प्रतिकूल भए राहत वितरण निरन्तर लैजाने उनी भन्छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -