२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

नेपालमा थप ४९५४ निको, संक्रमित ४५२२ जना

प्रकाशित मिति : २०७८ असार ८ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना कोरोनामुक्त भएसँगै देशभर हालसम्म संक्रमण निको हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ जना अर्थात ९० दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १६ हजार ९ सय १३ जनाको पीसीआर र एन्टिजेन दुबै परीक्षण गर्दा ४ हजार ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ५४ हजार ४ सय ७० जना पुगेको छ । जसमा पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्ते मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

- ADVERTISEMENT -