चितवन / चितवनमा गत साउनदेखि जेठ मसान्तसम्म सडक दुर्घटनामा परी १२० जनाको मृत्यु भएको छ भने ६४६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी मृत्यु चैत महिनामा भएको हो । सडक दुर्घटनामा परी चैतमा २६ जनाको मृत्यु भएको छ ।
कार्यालयले जेठ र भदौमा तीन÷तीन जनाको मृत्यु भएको जनाएको छ । भदौमा सडक दुर्घटनामा ४६ जना घाइते भएका थिए । यस्तै, मंसिरमा सबैभन्दा बढी १०४ जना घाइते भएका थिए । जेठमा सबैभन्दा कम ३१ जना घाइते भएका कार्यालयले जानकारी दिएको छ ।
सवारी दुर्घटनामा परेर मंसिरमा १३ जनाको मृत्यु भएको थियो । यस्तै, पुसमा १५ जनाको मृत्यु, ६० घाइते, माघमा १४ जनाको मृत्यु, ६४ घाइते, कात्तिकमा ११ जनाको मृत्यु, ५६ घाइते भएका थिए ।
यसैगरी, साउन आठजनाको मृत्यु, ३९ घाइते, असोजमा आठजनाको मृत्यु, ६२ घाइते, वैशाखमा १२ जनाको मृत्यु, ४५ घाइते र फागुनमा सातजनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले भने, ‘विगत पाँच वर्ष अगाडिको ट्रेन्ड हेर्ने हो भने मंसिर महिनामा मृत्युको संख्या बढी थियो । तर, गत चैत्रमा भएको एउटै मात्र सवारी दुर्घटनामा आठ जनासम्मको मृत्यु भएको छ ।’ प्रायः मंसिर महिनामा बिहे, ब्रतवन्ध र मानिसको चहलपहल बढी हुने गरेका कारण यो महिनामा घाइतेको संख्या पनि बढेको उनको भनाइ छ ।
‘यो जेठ महिना त पूरै निषेधाज्ञा जारी भयो, सवारी चाप नभएपछि मानवीय क्षति पनि कम हुने भो,’ थापाले भने, ‘मंसिर महिनामा मानिसको चहलपहल र सवारीचाप पनि बढ्यो । यो महिनामा भिजिविलिटी कम देखिने रहेछ ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सडक दुर्घटना : ११ महिनामा १२० को मृत्यु, ६४६ जना घाइते
June 22, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
