महोत्तरी / मटिहानी नगरपालिका–८ स्थित सडकबाट स्रोत नखुलेको नगद ३९ लाख ८० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका–१ बस्ने ३८ वर्षीय संजय साहलाई नियन्त्रणमा लिएको हो ।
संजयले चलाई ल्याएको अन टेष्ट लेखिएको स्कुटरलाई प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उक्त सडकमा जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा स्रोत नखुलेको १ हजार र ५ सय दरका गरी उक्त रुपैयाँ बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
June 23, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
