चितवन / लामाटोल टोल विकास संस्था भरतपुर–११ मा ६/६ थान ठूला तथा साना ब्यानर बोर्ड तथा १२० वटा पोलहरु स्थापना गरिएका छन् । ठाउँठाउँमा पोल तथा चोकचोकमा ब्यानर बोर्डहरु स्थापना गरिएसँगै टोलको मुहार नै फेरिएको छ । यसअघि लामाटोल कहाँनेर हो भनेर ठम्याउन नसकिने तर अहिले जो कोहीले पनि सहजै पत्ता लगाउन सक्ने भएको छ ।
केही दिन अघि मात्र टोल विकास संस्थाको निर्णय अनुसार उक्त बोर्डहरु राखिएको हो । ती बोर्डहरुमा लामाटोल चोक, विद्यालय चोक, म्याजिक पार्क चोक, शिवालय मन्दिर चोक, क्याल्पो चोक नामाकरण गरिएको छ । योसँगै अहिले लामाटोल टोल विकास संस्थाका वासिन्दाहरुमा खुशी छाएको हो ।
लामाटोलका विभिन्न ठाउँमा राखिएका उक्त बोर्डहरु शुरभाम्भ ज्वेलर्सले उपलब्ध गराएको हो । ज्वेलर्सका प्रोप्राइटर लामाटोल निवासी प्रदिप बराइलीले सहयोग उपलब्ध गराएको लामाटोल टोल विकास संस्थाका अध्यक्ष शिवकुमारी लामाले बताइन् । यसअघि टोलको नाम नसुनेका र नयाँ आगन्तुकलाई समेत ठाउँको चिनारी दिने काममा सहजता भएको अध्यक्ष लामाको बुझाइ छ ।
वि।सं। २०५८ सालमा लामाटोल टोल विकास संस्था स्थापना भएको हो भने गत २०७७ मंसिरमा नमूना टोल विकास संस्था र छिम्केश्वरी टोल विकास संस्था यस लामाटोल टोल विकास संस्थामा एकताबद्ध भएको हो ।
वडा कार्यालयको अवधारणा अनुसार यी तिनै टोल विकास संस्था एकताबद्ध भएका हुन् भने अन्ततः लामाटोल टोल विकास संस्था नै नामाकरण हुन सफल भएको हो । एकीकरण पश्चात २०७७ मंसिरको पहिलो अधिवेशनले शिवकुमारी लामा अध्यक्ष बनेकी हुन् ।
लामाटोल टोल विकास संस्थाको एकीकरणसँगै कोकोम्हेन्दो मार्ग, एल मार्ग, शिवबुद्ध मार्ग, च्याङ्ग्री मार्ग, शितल मार्ग, लाहुरे मार्ग लगायत नामाकरण गरिएको छ । वडावासीहरुको आ–आफ्नै अनुकूल अनुसार सो मार्गको नामाकरण भएको हो ।
‘पहिले यस टोलमा कुनै बोर्ड नै थिएन, बाहिरबाट आउनेलाई ठाउँ पत्ता लगाउनै गाह्रो थियो’, अध्यक्ष लामाले भनिन्, ‘अहिले बोर्डहरु ठाउँठाउँमा राखिएकोले सबैलाई सहज भएको छ भने टोल संस्थाको गरिमा पनि उच्च भएको छ ।’
त्यस्तै टोलमा १२० वटा पोलहरु थपिएको र सबै पोलमा बत्ती जडानको कार्य पनि गरिएको छ । यसअघि टोलमा बत्तीको व्यवस्थापन गरिएको थिएन । ‘पहिले–पहिले दशैं–तिहारमा मात्र बत्ति बाल्ने गरिन्थ्यो’, उनले भनिन्, ‘रातको समयमा गाह्रो र बत्तीको आवश्यकता खड्किएको महसुस भएपछि पोलहरुको व्यवस्थापन गरिएको हो ।’
संस्थामा अपर्याप्त आर्थिकताको महसुस भएपछि भूपू सैनिक, भूपू प्रहरी, शिक्षकहरुद्वारा संस्थाको लागि भर्याङ लगायतका सामग्रीहरु सहयोग गरिएको छ । पछिल्लो समय लामाटोल टोलवासीहरुमा समाज रुपान्तरणका लागि आफैँले केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको महसुस गरिएको अध्यक्ष लामाको बुझाइ छ ।
भरतपुर महानगरपालिकाभित्र रहेको यस लामाटोललाई स्थानीय सरकारले अवहेलना गरेको उनले गुनासो गर्छिन् । लामाटोल टोल विकास संस्थाको विकासका लागि भरतपुर महानगरपालिकाले कुनै चासो नदिएको समेत उनले आरोप लगाइन् ।
‘महानगर नजिकै रहेर पनि यस टोलको बाटोघाटो जीर्ण अवस्था रहेको छ,’ उनले भनिन्, ‘पटकपटक निवेदन पेश गर्दा पनि महानगरबाट सहज किसिमको वातावरण नै भएन ।’ महानगरले विभिन्न किसिमको बहाना बनाउँदै उम्कने गर्दा टोलमा पिच बन्ने सपना अधुरै रहेको उनले भनिन् ।
हाल एकीकरण भएको लामाटोल टोल विकास संस्थामा २६० घरधुरी परिवार बसोबास गर्दै आएका छन् ।
- ADVERTISEMENT -
लामाटोल स्वतःस्फूर्त चिनारी बनाउँदै, महानगरभित्रै बनेन पिच
June 23, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -