February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरीमा रोनाल्डो

June 24, 2021

काठमाण्डाै / पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका खेलाडी अली दाइसँगको कीर्तिमान बराबरी गरेका छन् । हिजो फ्रान्ससँगको खेलमा दुई गोल गरेका रोनाल्डोले इरानका अली दाइसँगै एक सय नौ गोलको अन्तर्राष्ट्रिय रेकर्ड बराबरी गरेका हुन् ।
सन् १९९३ देखि २००६ सम्म इरानका अली दाइले १ सय ९ गोलको कीर्तिमान बनाएका थिए । उनीसँगै अब रोनाल्डो पनि कीर्तिमान बनाउन सफल भएका छन् । रोनाल्डो र दाइले मात्रै अन्तर्राष्ट्रिय फुटबलमा ९० भन्दा धेरै गोल गरेका छन् । अरु कुनै पनि खेलाडीले ९० भन्दा धेरै गोल गर्न सकेका छैनन् । रोनाल्डोले यसअघि नै युरोकपमा सर्वाधिक गोलको रेकर्ड बनाइसकेका छन् । रोनाल्डोले विश्वकप र युरोकपमा संयुक्त रुपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत तोडेका छन् । रोनाल्डोले दुवै प्रतियोगितामा २१ गोल गरेका छन् । – उज्यालोबाट ।

- ADVERTISEMENT -