काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेपछि पूर्वप्रधानमन्त्री एवं जसपाका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले विरोध जनाएका छन् ।
उनले सभामुख,उपसभामुख र विपक्षी दलका नेता विना खल्तीबाट निकालेका नाम संसदीय समितिबाट अनुमोदन नगरी असंवैधानिक ढंगले नियुक्त गरिएको बताए ।
बिहिबार राष्ट्रपतिले संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै राष्ट्रपतिले नियुक्त गरेकी थिइन् ।
‘लोकतन्त्रको खम्बा मानिने शक्तिपृथकीकरणरसन्तुलन अध्यादेशबाट भत्काउँदै सभामुख,उपसभामुख र विपक्षी दलका नेता विना निरंकुश शासकले खल्तीबाट निकालेका नाम संसदीय समितिबाट अनुमोदन नगरी असंवैधानिक ढंगले नियुक्त गरिएका संवैधानिक अंगका पदाधिकारीले पदभार ग्रहण नगरून्! अदालतले छिटो फैसला गरोस् !’ भट्टराईले ट्विट गर्दै भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘निरंकुश शासकले खल्तीबाट पदाधिकारी नियुक्त गरे’
June 24, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
