२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

मनसुनी वायुको प्रभाव : देशका विभिन्न स्थानमा भारी वर्षा

प्रकाशित मिति : २०७८ असार ११ गते
- ADVERTISEMENT -

चितवन / चितवनसहित देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभाव रहेकोले देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा अहिले देशको अधिकांश भू–भाग प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले सामान्य बदली रही वर्षा भए पनि दिउँसो पूर्ण बदली रहने अनुमान गरिएको छ ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ । प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना रहने अनुमान छ ।

- ADVERTISEMENT -