हेनान / चीनको हेनान प्रान्तस्थित झेचेङ शहरमा रहेको एक मार्सल आर्टस् स्कुलमा आगलागी भएको छ । उक्त घटनामा परी कम्तिमा १८ जनाको मृत्यु र १६ जना घाइते भएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार मार्सल आर्टस् स्कुलमा शुक्रबार बिहान उक्त दुर्घटना भएको हो । आगलागी कारण भने खुली नसकेको बताइएको छ ।
आगलागी नियन्त्रणमा आइसकेको स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीले उक्त स्कुलका मालिकलाई नियन्त्रणमा लिएको छ भने आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
मार्सल आर्टस् स्कुलमा आगलागी : १८ जनाको मृत्यु, १६ घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
