हेटौंडा / निषेधाज्ञाका कारण बन्द भएका मकवानपुरका सरकारी कार्यालयको सेवा सुचारु हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर आइतबारदेखि सेवा सुचारु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
एक हजारभन्दा बढी संख्यामा कोभिड़–१९ का सक्रिय संक्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवाप्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले बार अनुसार सेवा प्रवाह गर्ने तथा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।
त्यस्तै प्रदेशस्तरीय कार्यालयलाई सेवाग्राहीको टेलिफोन मार्फत् जानकारी लिएर मात्र आउने व्यवस्था गर्न निर्देशन गरिएको छ । जिल्लाको सरकारी कार्यालय मालपोत र नापी कार्यालयलाई विशेष सतर्कतासाथ सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रजिअ पाण्डेले बताए ।
- ADVERTISEMENT -
भोलिदेखि सरकारी कार्यालयको सेवा सुचारु
June 25, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -