चितवन / भरतपुर महानगरपालिका वडा नं. १ ठिमुराबाट एक जना बालकसहित २१ वृद्धवृद्धाको उद्धार गरिएको छ । उनीहरुलाई बिहीबार उक्त स्थानबाट उद्धार गरी मानव सेवा केन्द्र चितवनमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर १ ठिमुरामा अनुमति विना तथा मापदण्ड विपरित संचालन गरिएका ‘मानव लागि मानव सहयोगी सेवा विकास केन्द्र’बाट उनीहरुलाई स्थानान्तरण गरिएको हो । उनीहरुलाई हिजो दिउँसो ३ बजेको समयमा आश्रममा ल्याइएको हो ।
वि.सं. २०७२ सालमा स्थापना भएको मानव सेवा आश्रम भरतपुर १० बाइपास रोडमा अवस्थित छ । आश्रमले घर परिवार विहीन, सडकमा बस्न वाध्य भएका असहाय तथा मानसिक रोगीको उद्वार तथा परिवारसँग पुर्नमिलन गराउँदै आएको छ भने अहिलेसम्म नौं सय जनाको उद्धार गरी सकिएको बताइएको छ ।
एक बालकसहित २१ जना वृद्धवृद्धाको उद्धार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
