मकवानपुर / मकवानपुरमा शुक्रबार ८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९३ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा र १२० जनाको एन्टीजेन परीक्षण गर्दा ५६ जनामा कोरोना पुष्टि भएको हो । मकवानपुरमा आज ४१ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८१ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमणमुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका २९ जना, भीमफेदी गाउँपालिकाका १८ जना, थाहानगरपालिकाका र मनहरी गाउँपालिकाका १२/१२ जना, बकैया गाउँपालिकाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना र कैलाश गाउँपालिकाका २ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोनामुक्त हुनेको कूल संख्या ९ हजार ५ सय ४६ पुगेको स्वास्ज्य कार्यालय मकवानपुरले जनाएको छ ।
थप ८९ मा कोरोना पुष्टि, ८१ जना कोरोनामुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
