२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

निको दोब्बर बढी, ५४५५ संक्रमणमुक्त, २४७६ जना संक्रमित

प्रकाशित मिति : २०७८ असार ११ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा झण्डै साढे ५ हजार जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य ताथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९१ दशमलब ३ प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय २१ र एन्टिजेन विधिबाट ७ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ।

- ADVERTISEMENT -