२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

२५ नेपाली महिलाको श्रीलंकाबाट उद्दार

प्रकाशित मिति : २०७८ असार १२ गते
- ADVERTISEMENT -

काठमाडौं / अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ ।
भारतको बाटो हुँदै श्रीलंंका पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकोमा सरकारले उद्दार गरी स्वदेश फिर्ता ल्याएको हो ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ ।
लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको स्वास्थ्य सेवा प्रदान गरिएको कार्यकारी निर्देशक खड्काले बताए ।

- ADVERTISEMENT -