October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भुजेल समुदायका २४० घरधुरीलाई हङ्ग्री नेपालको सहयोग

June 27, 2021

चितवन / फिड द हङ्ग्री नेपालले भुजेल समुदायका २ सय ४० घरधुरी परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा मगरको पहलमा देवघाटको विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गका भुजेल समुदायलाई खाद्यान्न वितरण गरेको हो ।
उक्त राहत सामग्री फिड द हङ्ग्री नेपालको आयोजना तथा नेपलिज इन हङकङको आर्थिक सहयोग र इन्ट्र्क क्लब अफ बालमिकी शिक्षा सदनको साझेदारीमा देवघाटका भुजेल उक्त घरधुरी परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष थापाले कोरोना महामारीको यस विषम परिस्थितिमा दैनिक ज्यालादारी मजदुरहरुको लागि गरी राहत खाद्यान्न उपलब्ध गराइएकोमा फिड द हङ्ग्री नेपाललाई धन्यवाद व्यक्त गरेका थिए । आगामी दिनहरूमा पनि यसरी नै विभिन्न संघ संस्थाहरुस“ग समन्वय गरी अघि बढ्ने उनको भनाइ थियो ।
यस्तै फिड द हङ्ग्री नेपालका कोषाध्यक्ष प्रज्वल न्यौपानेले निषेधाज्ञामा दैनिक ज्यालादारी मजदुरहरुको लागि चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सामग्रीले समस्यामा परेका व्यक्तिहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने हेतुले गरिएको बताए ।
सो कार्यक्रममा देवघाट–४ नम्बर वडा सदस्य पशुपति तिवारी, समाजसेवी सावित्री पौडेल, प्रेमबहादुर गुरुङ र इन्ट्र्क क्लब अफ बालमिकि शिक्षा सदनका अध्यक्ष अमृत ढकाल लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -