काठमाडौं / डेनमार्कले वेल्सलाई फराकिलो गोल अन्तरले हराउँदै युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा भएको पहिलो खेलमा डेनमार्कले वेल्सलाई ४–० फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
उक्त प्रतियोगितामा क्यास्पर डोलबर्गले डेनमार्कका लागि सर्वाधिक दुई गोल गर्दै वेल्सलाई पराजित गरेको हो । उनले दुबै हाफमा एक÷एक गोल गरेर अग्रता दिलाएका थिए ।
यस्तै योकिम माहेले र मार्टिन ब्रेथवेइटले एक÷एक गोल गरेका थिए । खेलको २७औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले मिकेल डाम्सगार्डको पासमा गोल गरेका थिए ।
यस्तै दोस्रो हाफको सुरुमै डोलबर्गले गोल थपे । ४८औं मिनेटमा वेल्सका निको विलियम्सले गल्ती गरेपछि डोलबर्गले गोल गरेका थिए । ८८औं मिनेटमा योकिम माएलेले गोल माथिएस जेनसेनको पासमा गोल गर्दै डेनमार्कलाई ३–० को अग्रता दिलाए ।
त्यस्तै ८९औं मिनेटमा वेल्सका ह्यारी विल्सनले सिधै रातो कार्ड पाउँदै मैदान छाडेका थिए । विल्सनले डेनमार्कका माहेलेलाई फाउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
इन्जुरी टाइममा ब्रेथवेइटले गोल गरेपछि डेनमार्कले फराकिलो जित हात पा¥यो । ब्रेथवेइटको गोलले भिएआरको सहयोगमा मान्यता पाएको थियो ।
डेनमार्कले अब क्वाटरफाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।
June 27, 2021
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -