January 24, 2025
- ADVERTISEMENT -

इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश

June 27, 2021

काठमाडौं / लण्डनस्थित वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा इटलीले अष्ट्रियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा इटलीले अष्ट्रियालाई २–१ ले गोलअन्तरले पराजित गरेको हो ।
इटलीले वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरेका हुन् । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए ।
प्रतियोगिता निर्धारित समयको गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको हो । भिएआरको सहयोगमा बचेको इटलीले अतिरिक्त समयमा दुई गोल ग¥यो ।
निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । त्यसको पाँचौ अर्थात खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए ।
उनी ८४औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमै मैदान प्रवेश गरेका थिए । युरोमा आठौं पटक इटलीले अतिरिक्त समयमा खेलेको र पहिलो पटक गोल गरेको हो ।
१०५औं मिनेटमा अर्का वैकल्पिक खेलाडी माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा निकोलो बरेलाको स्थानमा मैदान प्रवेश गरेका उनले फ्रान्सेस्को असेर्बीको पासमा गोल गरेका हुन् ।
११३औ मिनेटमा अष्ट्रियाका सासा कलासिसले गोल गर्दै गोल अन्तर घटाएका थिए ।
इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -