July 13, 2024

चितवनमा दुई लाख बढी रकमसहित १३ जुवाडे पक्राउ

June 28, 2021
फोटो : जिल्ला प्रहरी कार्यालय चितवन ।

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरबाट जुवा खेल्दै गरेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति क्षेत्रपुरस्थित सुगम पियाको घरमा उनीहरुलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर २, क्षेत्रपुरका घरधनी सुगम पिया, सोही ठाउँका राजेन्द्र कसाई, भरतपुर ११ का पदम तामाङ, भरतपुर २ का रोशन खड्का, विजय गुरुङ, सुर्य बोहोरा, मनिज कुमार, बद्री बोहोरा, भरतपुर ७ का रामबहादुर मगर, भरतपुर ११ का रमेश प्रजापति, भरतपुर ३ का विनोद खड्गी, भरतपुर १२ का आशिष गुरुङ र गैंडाकोट नवलपुरका नवराज क्षेत्री रहेका छन् ।
प्रहरीले एक बुक तास नगद रु. २ लाख ३२ हजार ६ सय ८० रुपैयाँ बरामद गरेको छ भने पक्राउ उनीहरुलाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -